Skip to content

विजय लघुवित्तले एफपीओ जारी गर्ने

काठमाडौं । विजय लघुवित्तले एफपीओ जारी गर्ने भएको छ । कम्पनीले एफपीओ जारीको प्रस्ताव राखेर १६औं वार्षिक साधारणसभा बोलाएको हो । उक्त सभा पुस २९ गते धुलिखेल लज रिसोर्टमा दिउँसो साढे १२ बजे बस्ने छ ।

उक्त सभामा सर्वसाधारणका लागि छुट्याइएको साधारण सेयर सम्बन्धित नियकायबाट स्वीकृति लिई एफपीओ निष्कासन गर्ने, संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तथा प्रबन्धपत्र एवं नियमावलीमा संशोधन गर्नेलगायतका प्रस्ताव पेस गरिनेछ ।

त्यस्तै सभाले गत आर्थिक वर्षको वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ । साधारण सभा प्रयोजनका लागि लघुवित्तले पुस १६ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima