Skip to content

हिमालयन बैंकले तोक्यो साधारणसभा पुस २९ गते

काठमाडौं । हिमालयन बैंक लिमिटेडले साधारणसभा आह्वान गरेको छ । बैंकले पुस २९ गते, सोमबार, नेपाल आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान १० बजे ३२ औँ साधारण सभा बोलाएको हो ।

सभाले प्रिमियममा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेपश्चात प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थागत सामाजिक उक्तदायित्व अन्तर्गत खर्च भएका रकमहरु अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ बैंकले पुस १८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जस अनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima