Skip to content

मंसिर महिनामा जीवन बीमा कम्पनीहरुको व्यवसाय १२ अर्ब माथि, कुन कम्पनीको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले मंसिर महिनामा १२ अर्ब रुपैयाँ भन्दा माथिको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको मंसिर महिनासम्मको विवरण अनुसार बीमा कम्पनीहरुले १२ अर्ब ३४ करोड रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेका हुन् ।

प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले उक्त बीमा शुल्क आर्जन गरेका हुन् । मंसिर महिनामा नेपाल लाइफले सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले ३ अर्ब ३५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै दोस्रो नम्बरमा रहेको एलआइसी नेपालले ३ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ र नेशनल लाइफले १ अर्ब ५४ करोड रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेका छन् ।

मंसिर महिनामा हिमालयन लाइफले १ अर्ब २० करोड रुपैयाँ, एशियन लाइफले ६१ करोड ६९ लाख रुपैयाँ, मेट लाइफले ४५ करोड ६८ लाख रुपैयाँ, आइएमई लाइफले ३५ करोड ९१ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन् । सूर्यज्योति लाइफले ७४ करोड ५४ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ५३ करोड ८० लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३१ करोड ४५ लाख रुपैयाँको कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । त्यस्तै राष्ट्रिय जीवन बीमा कम्पनीले ४८ करोड १५ लाख रुपैयाँको व्यवसाय गरेको छ । त्यस्तै सन नेपाल लाइफले मंसिर महिनामा २९ करोड ४२ लाख रुपैयाँको बीमा शुल्क संकलन गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima