Skip to content

हिमाल र विभान्ता डेन्टल हस्पिटलमा प्रभु बैंकका ग्राहकलाई २० प्रतिशत छुट

काठमाडौं । प्रभु बैंक,  विभान्ता डेन्टल र हिमाल डेन्टल हस्पिटल प्रालिबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उल्लेखित डेन्टल हस्पिटल प्रालिको दन्त सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले २० प्रतिशत छुट पाउने भएका छन । सो छुट सेवा सुविधा विभान्ता डेन्टल हस्पिटल प्रालि र हिमाल डेन्टल हस्पीटल प्रालिमा प्राप्त गर्न सकिनेछ ।

उक्त सम्झौतापत्रमा विभान्ता डेण्टल हस्पिटल र हिमाल डेन्टल हस्पिटलका तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक राजेन्द्रप्रसाद भट्ट र महाप्रबन्धक किशोर भट्ट तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटीङ अफिसर निरज लम्साल र मार्केटीङ म्यानेजर सबिन राणा को संयुक्त हस्ताक्षर बीच सम्पन्न भयो ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३ सय ११ शाखा कार्यालयहरु, २ सय ८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाखभन्दा बढी ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima