Skip to content

सिटिजन लाइफको मालारानी गाउँपालिकामा बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इनस्योरेन्सले पुस १०‌ गते मालारानी गाँउपालिका–६ रतनमारेमा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

यस कार्यक्रममा मालारानी गाउँपालिकाका सम्पूर्ण पदाधिकारीहरु, प्रत्येक वार्डका वडा अध्यक्षहरु, अन्य जनप्रतिनिधिहरु विभिन्न कार्यालयका कार्यालय प्रमुख विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु शिक्षक शिक्षिकाहरुलगायत ७ सयभन्दा बढी व्यक्तिहरु उपस्थिति थियो ।

भविष्यमा आइपर्ने आर्थिक जोखिमलाई न्यूनीकरण गर्न र जीवनमा आइपर्ने ठूला ठूला जोखिमहरुबाट बच्न र बचाउन जीवन बीमा अनिवार्य रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।

प्रमुख अतिथि मालारानी गाउपालीका अध्यक्ष दलबहादुर भट्टराईले सिटिजन लाइफ इन्सोरेन्सले आफ्नो गाउँपालीका क्षेत्रभित्र यस्तो अती महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा कम्पनीका अर्घाखाँची शाखा प्रमुख नारायण जिसीले उपस्थिति सम्पूर्ण लाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पुन यस्ता कार्यक्रमहरु गर्दै जाने जानकारी दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima