Skip to content

भोलि बलेफी हाइड्रोपावरको हकप्रद सेयर किन्ने अन्तिम दिन

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले मंसिर २७ गतेदेखि बिक्री गरिरहेको शतप्रतिशत हकप्रद सेयर किन्ने भोलि (पुस १७ गते) बुधबार अन्तिम दिन रहेको छ। यस सेयर खरिदका लागि भोलि बैंकिङ सयमसम्म मात्रै आवेदन दिन सकिनेछ।

यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरिरहेको छ।

हकप्रद निष्कासन प्रयोजनका लागि कम्पनीले गत कात्तिक २१ गते बुक क्लोज गरेको थियो। बुक क्लोजको आधारमा कात्तिक २० गतेसम्म कायम शेयरधनीहरूले मात्रै यो हकप्रदमा आवेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima