Skip to content

३३ वर्षमा कुनै पनि औद्योगिक क्षेत्र निर्माण हुन सकेन : गभर्नर महाप्रसाद अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो ३३ वर्षमा एउटा पनि औद्योगिक क्षेत्र निर्माण हुन नसक्नु दुःखत भएको बताएका छन् । आज नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नयाँ कार्यसमितिलाई राष्ट्र बैंकको तर्फबाट बधाई तथा शुभकामना दिँदै राजनीतिक परिवर्तन भए पनि आर्थिक गतिविधिका लागि काम नभएको बताएका हुन् ।

आर्थिक गतिविधि चलायमान बनाउनका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणको क्षेत्रमा काम नै नभएको गभर्नर अधिकारीको भनाइ छ । ‘२०४८ सालदेखि अहिलेसम्म एउटा पनि औद्योगिक क्षेत्र थपिएन । यत्रो राजनीतिक परिवर्तन भयो । तर, उत्पादनको कुरा गरिरहेका छौँ । तर, औद्योगिक क्षेत्र एउटा पनि निर्माण हुन सकेन्,’ उनले भने, ‘नयाँ औद्योगिक क्षेत्र निर्माण गरियो भने रोजगारी सिर्जना गर्नेदेखि लिएर उत्पादनमा समेत वृद्धि हुन्छ ।’

अहिले उद्योग नचलेका कारण नै बैंकमा रकम थुप्रिएको गर्भनर अधिकारीको भनाइ थियो । उत्पादन भएपछि खपत पनि हुने भएकाले यसले अर्थतन्त्र चलायमान गर्नमा सहयोग पुग्ने अधिकारीले बताए ।

सबै सूचक सकारात्मक हुदाहुँदै पनि अर्थतन्त्र चलायमान हुन नसकेको तर्फ राज्यले पनि सोच्नु पर्ने बेला आएको उनको भनाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T