Skip to content

एलआईसी नेपालको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)को हकप्रद सेयरमा आवेदन दिने आज बुधबार अन्तिम दिन रहेको छ।

उक्त कम्पनीले गत मंसिर १२ गतेदेखि आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर बिक्री खुला गरेको थियो। यो सेयरमा पुस २ गतेसम्म आवेदन खुला गरिएको थियो। तर, तोकिएको मितिसम्म मागबमोजिम आवेदन नपरेपछि कम्पनीले पुस १७ गते बैंकिङ समयसम्मका लागि आवेदन म्याद थप गरेको थियो।

उक्त कम्पनीले कायम चुक्तापुँजीको ८८.४५१६८ प्रतिशत अर्थात हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.८८४५१६८ कित्ता अनुपातमा हकप्रद सेयर जारी गरेको छ। कम्पनीले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर बिक्री खुला गरेको छ।

हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले कात्तिक ९ गते बुकक्लोज गरेको थियो। यसको अर्थ कात्तिक ८ गतेसम्म कायम शेयरधनीले हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै काठमाडौंको पुतलीसडकस्थित एलआईसीको कार्यालय तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima