काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार २ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। हाथवे इन्भेष्टमेण्ट नेपाल र सिटिजन्स बैंकको बोनस शेयर सूचीकृत भएको हो ।
आज हाथवे इन्भेष्टमेण्ट नेपालको १० प्रतिशत बोनस वापतको २५ लाख ७४ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ भने सिटिजन्स बैंकको ४ प्रतिशत बोनस बापतको ५६ लाख ८९ हजार ३ सय ८९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।
यी दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएसँगै सेयर दोस्रो बजारमा कारोबार गर्नेको लागि योग्य भएको छ ।












प्रतिक्रिया दिनुहोस्