काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर २७ गतेदेखि बिक्री खुल्ला गरेको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने समय आजसम्म मात्रै रहेको हो ।
यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरिरहेको छ । हकप्रद निष्कासन प्रयोजनका लागि कम्पनीले गत का्ित्तक २१ गते बुक क्लोज गरेको थियो ।
बुक क्लोजको आधारमा कात्तिक २० गतेसम्म कायम सेयरधनीहरूले मात्रै यो हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।












प्रतिक्रिया दिनुहोस्