Skip to content

बीमा क्षेत्रमा केही नतिजा आउने गरि काम गर्छु, गलत गर्ने छुट कसैलाई छैन : अध्यक्ष दाहाल

nabil bank

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दाहालले आफू प्राधिकरण रहुन्जेलसम्म बीमा क्षेत्रमा राम्रो काम गर्ने प्रयास गर्ने बताएका छन् । बुधबार प्राधिरणमा आयोजित पत्रकार सम्मेलनमा दाहालले आफूले बीमा क्षेत्रमा नजिता आउने गरी काम गर्ने बताएका हुन् ।

अध्यक्ष दाहालले आफू कार्य बाहक अध्यक्ष नभई पूरा पावरसहितको अध्यक्ष भएको बताउदै बीमा क्षेत्रको समृद्धिका लागि काम गरिने जानकारी दिए । उनले नियमनकारी निकाय बीमा प्राधिकरणको भुमिका निर्वाह गर्ने सम्बन्धमा कुनै पनि कसुर बाँकी नछोड्ने समेत प्रतिवद्धता जनाएका छन् । ‘बीमा प्राधिकरणमा भएका विभिन्न कमिकमजोरी तथा गल्तीका सन्दर्भमा मैले सकेसम्म मेरो कार्याकालमा दुई–चार वटा कारबाही चाँही गर्नेछु,’ उनले भने ।

त्यस्तै उनले बीमा क्षेत्रमा गलत गर्ने छुट कसैलाई पनि नरहेको बताएका छन् । आफ्नो कार्यकालमा गलत गर्ने कम्पनीलाई कारवाही गरेर नतिजा देखाउने प्रतिबद्धता समेत जनाएका छन् । अध्यक्ष दाहालले आफ्नो कार्यकालमा बीमा प्राधिकरणमा नयाँ कार्यकारी निर्देशक नियुक्त हुने दाबी गरे । न्याय ढिलो पाउनु नै न्याय नपाउनु हो भन्दै उनले भने, ‘आम बीमितहरुलाई सक्दो चाँडो दावी भुक्तानी दिनको लागी बीमा प्राधिकरणले पहल गरिरहेको भन्दै यदि कुनै पनि जीवन बीमा कम्पनीहरुले आवश्यक कागजात उपलब्ध भएर समेत दावी भुक्तानी ढिलाई गरेको अवस्थामा हामी कारबाही गर्नेछौ ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi