काठमाडौं । शैलेश्वरी पावर नेपालले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने लगायतका एजेण्डा सहित वार्षिक साधारणसभा बोलाएको हो ।
कम्पनीले पुस २५ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभामा सर्वसाधारणको लागि साधारण सेयर निष्काशन निष्कासन गर्ने तथा सो सम्वन्धमा गर्नु पर्ने सम्पूर्ण कार्यहरु गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव राखिएको छ । सभामा संचालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।
कम्पनीको आव २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तिय विवरणमा छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । यस्तै आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव रहेको छ । सभामा प्रवन्धपत्र र नियमावलीमा गरिने संसोधन थप उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रवन्धपत्र वा नियमावलीमा संसोधन एवं परिमार्जन तथा सेयर संरचना परिवर्तन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ ।












प्रतिक्रिया दिनुहोस्