Skip to content

समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका सीईओ निरजविक्रम शाह भागेर भारत पुगे

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेर सम्पूर्ण व्यवस्थापन नियन्त्रणमा लिएको कर्णाली डेभलपमेन्ट बैंकका सीईओ भागेर भारत पुगेका छन् । बैंकका सीईओ निरजविक्रम शाह राष्ट्र बैंकले व्यवस्थापन नियन्त्रणमा लिएसँगै भागेर भारत पुगेका हुन् ।

केन्द्रीय बैंकले पुस १० गते बैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो । राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापनको नियन्त्रणमा लिदै तीन सदस्यीय टिम पठाएको थियो । बैंकमा भएको निक्षेप अपचलनमा पक्राउ पर्ने डलरले सीईओ शाहा भारत भागेको आशंका गरिएको छ ।

राष्ट्र बैंकको प्रारम्भिक प्रतिवेदनअनुसार कर्णाली डेभलपमेन्ट बैंकभित्र १ अर्ब २६ करोड रुपैयाँ निक्षेप अपचलन भएको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा वित्तीय संस्था सुपरिवेक्षण विभागकै उप निर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगल किशोर कुशवाहसहित तीन सदस्यीय समितिलाई कर्णाली डेभलपमेन्ट बैंकमा पठाएको थियो ।

सो समितिले छानविनको क्रममा पूर्व अध्यक्ष तथा सीईओ राजेन्द्र वीर राय, पूर्व सीईओ दिनेश कुमार रावत, पूर्व वित्त प्रमुख वेद प्रकाश सिंह ठकुरी र हालका सीईओ तथा तत्कालिन वित्त विभाग प्रमुख निरज बिक्रम शाहको मुख्य संलग्नता भेटिएको जनाएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi