Skip to content

सिटिजन्स बैंकको ४९ हजारकित्ता सेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनी रोमु श्रेष्ठको नाममा रहेको ४९ हजार ९२८.८९ कित्ता सेयर बिक्रीमा राखेको हो।

उक्त सेयर सर्वसाधारण व्यक्ति वा संघसंस्थासेले खरिद गर्न पाउनेछन्। बैंकले यसअघि नै सो शेयर संस्थापक सेयरधनीका लागि खरिद आह्वान गरिसकिएको जनाएको छ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०२ रुपैयाँ तोकिएको छ। सो सेयर खरिद गर्न इच्छुक सर्वसाधारणले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन दिनु पर्ने छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T