Skip to content

माछापुच्छ्रे बैंकको ३ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थापक समूहको ३ लाख २५८ कित्ता सेयर सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको छ। बैंकले यो सेयर यसअघि नै संस्थापक सेयरधनीलाई प्राथमिकता दिएर खरिदका लागि प्रस्ताव गरिसकिएको जनाएको छ।

संस्थापकलाई खरिद प्रस्ताव गर्दा तोकिएको अवधिसम्म शेयर बिक्री नभएपछि पुनः संस्थापकसहित सर्वसाधारणले समेत किन्न पाउने गरी बिक्री खुला गरिएको बैंकले बताएको छ।

सेयर खरिद गर्न इच्छुक व्यक्तिले ७ दिनभित्र आफूले किन्न चाहेको सेयर संख्या र सोको मूल्यसमेत खुलाई माछापुच्छ्रे क्यापिटल लिमिटेडको सन्धारास्थित बाघदरबार जेडिए कम्प्लेक्सको तेस्रो तल्लामा निवेदन दिनुपर्ने छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T