Skip to content

सिटिजन लाइफको नयाँ बोनसदर सार्वजनिक

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०।८१ का लागि बोनसदर निर्धारण गरेको छ। कम्पनीको गत आवको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले पुस २९ गते स्वीकृत गरेपछि बोनसदर सार्वजनिक गरेको हो।

कम्पनीले अग्रिम भुक्तानी सावधिक (रेगुलर) जीवन बीमालेखमा बीमाअवधि अनुसार न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँ प्रतिहजारका दरले बोनस दिने भएको छ। त्यस्तै कम्पनीको अर्काे बीमा योजना वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखमा बीमा अवधिअनुसार न्यूनतम २५ रुपैयाँदेखि अधिकतम २८ रुपैयाँसम्म र सिटिन शुभारम्भ योजना (सावधिक प्लस) बीमालेखमा न्यूनतम ३९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ बोनसदर कायम गरेको छ।

त्यसैगरी सावधिक (रेगुलर) जीवन बीमालेखमा न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँम्म र सिटिजन बाल भविष्य योजना (सावधिक) बीमालेख सिटिजन बाल भविष्य योजना प्लस (सावधिक) बीमालेखमा न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ६७ रुपैयाँसम्म बोनस पाउने भएका छन्।

त्यस्तै सावधिक तथा आजीवन बीमालेख (सिटिजन जीवन सारथी योजना) बीमालेखमा बीमा अवधिअनुसार बीमितलाई कम्पनीले न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँ प्रतिहजार प्रतिवर्षका दरले बोनस दिने घोषणा गरको छ । यो बोनसदर कम्पनीले भुक्तानी गर्ने मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी र चालू बीमालेखमा लागू हुनुका साथै अर्काे बीमाङ्कीय प्रतिवेदन बमोजिम बोनसदर सार्वजनिक नभएसम्म यही बोनसदर लागू हुने स्पष्ट पारेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima