Skip to content

महालक्ष्मी विकास बैंकको नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा

काठमाण्डौं । महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा घोषित नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा भएको छ । बैंकको पुस २९ गते सम्पन्न २३ औं वार्षिक साधारण सभाबाट पारित भएको ४ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत) हितग्राहीको बैंक खाता अद्यावधिक गरेका सेयरधनीहरुको बैंक खातामा पुस २९ गतेदेखि नै जम्मा गरिएको हो ।

हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरु तथा हालसम्म पनि आफ्नो सेयर अभौतिकीकरण नगराएका सेयरधनीहरुले आफ्नो सेयर अभौतिकिकरण गराई सो सँगसँगै हितग्राही खातामा बैंक खाता समेत अद्यावधिक गराई समयमा नै आफ्नो नगद लाभांश प्राप्त गर्न सेयर रजिष्ट्रार सिद्धार्थ क्पाटिलले आग्रह गरेको छ ।

साथै, आफ्नो सेयर धितो राखेका सेयरधनीहरुको हकमा समयमा नै आफ्नो नगद लाभांश प्राप्त गर्नको लागि सम्बन्धित बैंक वित्तीय संस्थाको स्वीकृति पत्र बैंकको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेडमा पेश गर्नु हुन समेत आग्रह गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima