वीरगञ्ज । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा २३ अर्ब ३४ करोड ३३ लाख १८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले कूल वार्षिक लक्ष्यको ३८ दशमलव ८७ प्रतिशत मात्रै राजस्व सङ्कलन गर्न सकेको हो ।
गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयको राजस्व सङ्कलन एक अर्ब ४५ करोड ४१ लाख ७९ हजार रुपैयाँले कमी आएको छ । कार्यालयले चालु आवको साउन महिनामा तीन अर्ब ७५ करोड २२ लाख रुपैयाँ राजस्व सङ्कलन ग¥यो । त्यस्तै भदौ महिनामा चार अर्ब ६४ करोड ३० लाख रुपैयाँ, असोज महिनामा ४ अर्ब ३६ करोड ४५ लाख रुपैयाँ, त्यस्तै कात्तिक महिनामा तीन अर्ब ७९ करोड २९ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
त्यस्तै मङ्सिर महिनामा रु तीन अर्ब २२ करोड ८४ लाख र पुस महिनामा तीन अर्ब ५६ करोड २१ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । कार्यालयले गत आवको छ महिनाको अवधिमा भने २४ अर्ब ७९ करोड ७४ लाख ९७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्