Skip to content

आइएमई पेले आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यासब्याक दिने

काठमाडौं । डिजिटल वालेट “आइएमई पे” ले  आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यास ब्याक प्रदान गर्ने उदेश्यका साथ  “उडान मेला” नामक योजना  सार्वजनिक गरेको  छ। माघ २ गतेबाट सुरु भएको यस अफर मार्फत आइएमई पेका सेवाग्राहीहरुले आन्तरिक हवाई टिकटमा रु. ३०० सम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन्।

योजनामा  नियमित ग्राहकहरुले “SAVE100” प्रोमोकोड राखेर रु. १०० क्यास ब्याक र पहिलो पटक आइएमई पेबाट टिकट खरिद गर्ने ग्राहकहरुले “FIRSTFLY” प्रोमोकोड राखेर रु. ३०० क्यासब्याकको लाभ उठाउन सक्नेछन्।  हवाई टिकट खरिद गर्ने बेला आइएमई पे एपमा “Have Promocode?” सोधिएको ठाउँमा यि प्रोमोकोडहरु राखेर  क्यास ब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

“आगामी विवाहको सिजन र धेरै सार्वजनिक बिदाहरूलाई लक्षित गर्दै उडान मेलाले हाम्रा प्रयोगकर्ताहरूलाई थप किफायती र सहज रूपमा यात्रा गर्ने उत्कृष्ट अवसर प्रदान गर्नेछ भन्ने हाम्रो विश्वास छ”, आइएमई पेका प्रमुख कार्यकारी अधिकृत  प्रवीण रेग्मीले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima