Skip to content

काठमाडौंका यी स्थानहरुमा भोलिदेखि दैनिक ५ घण्टा बिजुली काटिने

काठमाडौं । काठमाडौं उपत्यकाका केही स्थानमा बुधबारदेखि दैनिक ५ घण्टा विद्युत् अवरुद्ध हुने भएको छ । विद्युत् अवरुद्ध १० दिनसम्म हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरण, काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजना, खरिपाटी भक्तपुरका अनुसार पुस ९ गतेदेखि विद्युत् कटौती सुरु हुनेछ।

विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा विद्युत् आपूर्ति बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म दैनिक ४ घण्टासम्म अवरुद्ध हुनेछ।

पुस ९ गते कलंकी फिडरअन्तर्गत मालपोत कार्यालय वरपर, १० गते तीनकुने पुलदेखि महादेव खोला पुलसम्म, ११ गते बालकुमारी, इमाडोल र लुभू आसपास, १२ गते बलम्बु क्षेत्र, १३ गते कीर्तिपुर विश्वविद्यालय क्षेत्र, १४ गते च्यासल पुलदेखि बालकुमारी पुलसम्म, १५ गते मानटार चोक क्षेत्र, १६ गते मातातीर्थ वरपर, १७ गते दोभान पुल क्षेत्र र १८ गते आलोक नगर आसपासका क्षेत्रमा बिजुली आपूर्ति बन्द हुनेछ।

तर, मौसम प्रतिकूल भएमा सटडाउन नगर्ने प्राधिकरणले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima