Skip to content

नेक्सस एजुकेसनल कन्सल्टेन्सीद्वारा स्क्विड गेम शैलीको माघ १३ गते बृहत् मल्टी डेस्टिनेशन एजुकेसन फेयर आयोजना गर्ने

nabil bank

काठमाडौं । काठमाडौंको सामाखुशीस्थित नेक्सस एजुकेसनल कन्सल्टेन्सीले आउँदो माघ १३ गते अर्थात जनवरी २६ को दिन बृहत् मल्टी डेस्टिनेशन एजुकेसन फेयर आयोजना गर्ने भएको छ। कोरियन वेब सिरिज ‘स्क्विड गेम’ (오징어 게임) को शैलीमा आयोजना गरिने यस मेलामा युरोप, अमेरिका, अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, जापान, कोरिया लगायत विभिन्न देशका विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुनेछन् ।

उच्च शिक्षाको लागि विदेश जान चाहने विद्यार्थीहरू र अभिभावकहरूको उपस्थितिलाई ध्यानमा राखेर आयोजना गरिएको यस मेलामा भिसा प्रक्रियासम्बन्धी जानकारी, विश्वविद्यालयका छात्रवृत्ति अवसरहरू, भाषा परीक्षा जस्तै आईईएलटीएस, पीटीई, र टपिकबारे परामर्श लगायतका सेवा प्रदान गरिनेछ । विद्यार्थीहरूले एउटै स्थानबाट आफ्नो उच्च शिक्षाको तयारीका लागि आवश्यक जानकारी र मार्गदर्शन पाउने नेक्सस एजुकेसनल कन्सल्टेन्सी सामाखुसीका प्रबन्ध निर्देशक रमेश अधिकारीले जानकारी दिए ।

नेक्सस एजुकेसनल कन्सल्टेन्सी सामाखुसीका प्रबन्ध निर्देशक अधिकारीका अनुसार यो फेयरले विदेश अध्ययनमा जाने विद्यार्थीहरूका लागि जानकारीमूलक र मार्गदर्शक भूमिका निर्वाह गर्नेछ । उनले यस फेयरले विद्यार्थी र अभिभावकहरूलाई विश्वविद्यालय छनोटदेखि भिसा प्रक्रियासम्मका सम्पूर्ण चरणहरूबारे स्पष्ट पार्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् । यस विशेष मेलामा सहभागी भई आफ्ना जिज्ञासाहरू समाधान गर्न र भविष्यका लागि उपयुक्त परामर्श लिन नेक्ससले विद्यार्थी र अभिभावकहरूलाई उपस्थितिको लागि आग्रह गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi