Skip to content

१ करोड २८ लाखमा बुर्तिबाङमा सभागृह निर्माण हुँदै

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ भब्रेटामा सिटी हल निर्माण गर्न थालिएको छ । नयाँ सहर आयोजना कार्यालय बुर्तिबाङले १ करोड २८ लाख रुपैयाँ लागतमा सिटी हल निर्माण गर्न थालेको हो । सरकारले नेपालका दश नमुना सहरमध्येमा छनोट गरेको बुर्तिबाङ बजारमा अहिलेसम्म सिटी हल बन्न सकेको थिएन ।

नयाँ सहर आयोजनाले गत वर्षदेखि भब्रेटामा हल बनाउन थालेको हो । निर्माण कम्पानीले ढिलासुस्ती गर्दा कामले गति लिन नसकेको नयाँ सहर आयोजना बुर्तिबाङका प्रमुख रामकृष्ण गिरीले जानकारी दिए। विसं २०८० फागुन १ गते सम्झौता गरी काम सुरु गरे पनि हालसम्म ३५ प्रतिशत मात्रै काम सकिएको उनको भनाइ छ ।

निर्माणको जिम्मा पाएको ढोरपाटन निर्माण सेवाले यही माघ ३० गते सम्पन्न गर्ने गरी सम्झौता गरेको प्रमुख गिरी बताए । सम्झौता अवधिमै काम सक्ने सम्भावना कम रहेको भन्दै निर्माण कम्पनीलाई काम गर्न आग्रह गरिरहेको उनको भनाइ छ ।

प्रमुख गिरीले भने, ‘सिटी हल बनाउन सुरु गरेको गत वर्षदेखि नै हो, यति बेला बनिसक्नुपर्ने हो तर निर्माण कम्पनीको ढिलासुस्तीका कारण कामले पूर्णता पाउन सकेको छैन, काम समयमै सक्नका लागि निर्माण कम्पनीलाई बारम्बार पत्र काट्यौँ, तर सुनुवाइ भएन, अहिले काममा फर्किने सङ्केत देखाएको छ, धमाधम ग¥यो भने केही महिनामा काम सकिने अपेक्षा लिएका छौँ ।’

बुर्तिबाङ बजार साँघुरो हुँदा सिटी हलसहित पार्क, कार्यालय भवन अन्य ठाउँमा बनाउनुपरेको छ । नयाँ सहर आयोजनाले ढोरपाटन–१ र २ का विभिन्न स्थानमा संरचना बनाउँदै आएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima