काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले फागुन ८ गतेदेखि ५० करोड ३० लाख ९० हजार रुपैयाँको हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ बराबरको प्रतिसेयर अंकित मूल्य १ सय रुपैयाँका दरले २ करोड एक लाख २३ हजार कित्ता अर्थात् चुक्ता पुँजीको २५ प्रतिशतका दरले हकप्रद बिक्रीमा ल्याएको हो ।
उक्त सेयर आगामी फागुन ८ गतेदेखि बिक्री खुल्ला भएर सोही महिनाको २८ गते बैंकिङ समयपछि बन्द हुने भएको छ । हकप्रद बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । यस हकप्रदमा सेयरधनीहरुले ४ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर खरिदको आवेदन दिन पाउने छन् ।
कम्पनीका अनुसार सर्वसाधारण लगानीकर्ताले यस हकप्रद निष्कासनमा लिखित वा विद्युतीय माध्यमबाट आवेदन दिँदा अनिवार्य रुपमा यस निष्कासनका लागि तयार गरेको ‘हकप्रद सेयर निष्कासनसम्बन्धी व्यवस्था तथा विवरणहरु’ पढी आफ्नो स्वविवेकले आवेदन दिनुपर्ने छ ।
हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार ६१९ रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५१ करोड ५४ लाख ५० हजार ७७४ रुपैयाँ पुग्नेछ।












प्रतिक्रिया दिनुहोस्