काठमाडौं । आइतबार सेयर बजार उच्च अंकले बढेर कारोबार भएको छ । कारोबार रकममा पनि सुधार भएको दिन एक कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
आज सेयर बजारमा सामुदायिक लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर कारोबार बन्द भएको हो । यो कम्पनीको सेयर मूल्य २८५ रुपैयाँ ४० पैसाले घटेर २ हजार ५६८ रुपैयाँ ६० पैसा पुगेको छ । त्यस्तै आज धेरै सेयर मूल्य घट्ने शीर्ष पाँच कम्पनीहरुमा सप्तकोशी डेभलपमेन्ट कम्पनी, सेन्चुरी डिबेन्चर २०८८, माथिल्लो मोलुखोला जलविद्युत् आयोजना र एनआइबिएल स्टेबल फण्ड छन् ।
आजको कारोबार बन्द हुदाँ सप्तकोशीको सेयर मूल्य ११४ रुपैयाँ २० पैसाले घटेर १ हजार २७८ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ८.२० प्रतिशतले कम हो । त्यस्तै सेन्चुरी डिबेन्चरको सेयर मूल्य पनि आज ९६ रुपैयाँ २० पैसाले घटेर १ हजार १४५ रुपैयाँ ३० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ७.७५ प्रतिशतले कम हो ।
आइतबार माथिल्लो मोलुङ खोला जलविद्युतको सेयर मूल्य ५.८५ प्रतिशत अर्थात् ४९ रुपैयाँले घटेर ७७८ रुपैयाँ पुगेको छ । त्यस्तै एनआइबिएल स्टेबल फण्डको सेयर मूल्य ८.१८ प्रतिशत अर्थात् ०.४७ रुपैयाँले घटेर ८ रुपैयाँ ६० पैसा पुगेको छ ।













प्रतिक्रिया दिनुहोस्