Skip to content

नेपाल माइक्रो इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच सम्झौता

nabil bank

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंक बीच व्यवसाय विस्तारका विषयमा सम्झौता भएको छ । नेपाल माइक्रो इन्स्योरेन्सले आफ्नो बीमा व्यवसाय विस्तार गर्ने क्रममा बैंकसँग सम्झौता गरेको हो ।

बीमा व्यवसायका विषयमा बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाटमा आज आयोजित एक कार्यक्रमका बीचमा द्वीपक्षीय समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो । उक्त सम्झौतापत्रमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र रिमाल र मुक्तिनाथ विकास बैंक लिमिटेडका डेपुटी सीईओ समीर शेखर बज्राचार्यले हस्ताक्षर गरेका छन् । यस समारोहमा कम्पनीका डेपुटी सीईओ अनिल राज गिरी, प्रमुख विकास अधिकृतमनोज कुमार चौधरी र मुक्तिनाथ विकास बैंक लिमिटेडका ट्रान्जेक्सन हेड राजेन्द्र पाण्डेको समेत उपस्थिति रहेको थियो ।

रिमालले यस सहकार्यले निर्जिवन लघु बीमा सेवाहरू विस्तार गर्न नयाँ सम्भावनाहरू खोल्ने उल्लेख गर्दै व्यक्तिहरू र साना व्यवसायहरूलाई अप्रत्याशित जोखिमबाट जोगाउन सहयोग पुग्ने बताए । साथै उनले नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको लघु बीमाको अनुभव र मुक्तिनाथ विकास बैंकको बैंकिङ पहुँचलाई समाहित गरेर सिमान्तकृत लगायत समुदायलाई सशक्त बनाउने लक्ष्य लिएको उल्लेख गरे ।

त्यस्तै बज्राचार्यले सकारात्मक सोचलाई निरन्तरता दिदै भने ‘यो साझेदारी केवल व्यवसायका लागि मात्र नभई नबिन कार्य र प्रभावका लागि हो भन्दै हामी सँगै कम आय भ्एका जनसंख्याका वित्तीय चुनौतीहरूको समाधान गर्ने ग्राहक केंद्रित उत्पादनहरू विकास गर्नेछौं, जसले दिगो विकासलाई टेवा पुर्याउनेछ ।’ यो सहकार्यले नवीन उत्पादनहरूको विकास, संयुक्त बजारीकरण पहलको प्रवद्र्धन र सेवा प्रवाहलाई सरल बनाउन खोजेको छ, जसले लघु बीमा सम्बन्धि वित्तीय समाधानहरूको सहज पहुँच सुनिश्चित गर्नेछ । यो रणनीतिक साझेदारीे नेपालको ग्रामीण र अर्धशहरी क्षेत्रमा आर्थिक स्थिरता र लचिलोपन प्रवद्र्धन गर्न साझा प्रतिबद्धताको प्रतीक पनि हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi