Skip to content

प्रभु महालक्ष्मी लाइफको व्यतित बीमालेख नवीकरणमा ७५ प्रतिशतसम्म छुट पाइने

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरण गर्दा ७५ प्रतिशतसम्म ब्याज छुट दिने भएको छ । कम्पनीले बीमितहरुको मागलाई ध्यानमा राखी कम्पनीबाट जारी भएका र विभिन्न कारणले बीमाशुल्क तिर्न बाँकी भई म्याद नाघेका व्यतित बीमालेखहरुमा छुट दिने भएको हो।

कम्पनीले व्यतित भएका बीमालेखहरु २०८१ माघ २२ गतेदेखि माघ ३० गतेसम्म
आवश्यक प्रकृया पूरा गरी पुनर्जागरण गर्दा २ वर्षभित्र व्यतित भएका बीमा लेखहरुमा ७५ प्रतिशत २ देखि ३ वर्ष अवधिसम्म व्यतित भएका बीमा लेखहरुमा ५० प्रतिशत र ३ वर्षभन्दा बढी व्यतित बीमालेखहरुमा २५ प्रतिशत विलम्ब शुल्क (ब्याज) मा छुट गर्ने जनाएको छ ।

यस योजनामा समावेश भइ पुनर्जागरण भएका बीमालेखहरु पुनर्जागरण भएको २ वर्षभित्र समर्पन गर्न आएमा प्रदान गरेको बिलम्ब शुल्कको छुटको सम्पुर्ण रकम
कट्टा गरिनेछ । एक पटक ब्याज छुट गरिसकेको बीमालेखमा बीमा अवधि भर पुनः
ब्याज छुट प्रदान गरिने छैन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima