Skip to content

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ।

कम्पनीको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ९.७३६८ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो। कम्पनीको चुक्ता पूँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार रुपैयाँ रहेको छ।

साथै उक्त निर्णय स्वीकृतिका लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणमा पेस गर्ने निर्णय समेत गरेको छ। प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima