Skip to content

माउन्टेन इनर्जीको नाफा ४६.२८ प्रतिशतले बढ्यो

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण माउन्टेन इनर्जी नेपाल लिमिटेडले सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४६.२८ प्रतिशतले वृद्धि भएको छ।

कम्पनीले गत आवमा ३५ करोड रुपैयाँ नाफा कमाएकोमा चालू आवमा बढेर ५१ करोड २० लाख रुपैयाँ पुगेको छ। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७९ पैसाबाट बढेर १९ रुपैयाँ ६७ पैसा पुगेको छ।

गत आवको दोस्रो त्रैमासमा विद्युत बिक्रीबाट ७३ करोड ५२ लाख रुपैयाँ कमाएकोमा चालू आवमा बढेर ७९ करोड ८१ लाख रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ६६ पैसा छ।

चुक्ता पुँजी २ अर्ब ६० करोड रुपैयाँ रहेको कम्पनीले दोस्रो त्रैमाससम्ममा रिटेन्ड अर्निङमा १ अर्ब २४ करोड रुपैयाँ सञ्चित गरेको छ। कम्पनीको सञ्चालन नाफा गत आवमा ४९ करोड ३४ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ६५ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T