Skip to content

बैंक वित्तीय संस्था प्रतिको भ्रामक प्रचारप्रति नेपाल मुद्रा बिप्रेषक संघको ध्यानाकर्षण

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु प्रतिको भ्रामक प्रचार प्रति नेपाल मुद्रा विप्रेषक संघले एक विज्ञप्ति जारी गर्दे यस बिरुद्द भैरहेका अराजक गतिविधि रोक्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । संघले आज एक प्रेस बिज्ञप्ति जारी गरि बैंक तथा बित्तिय क्षेत्रलाई खलबलाउन भैरहेको अराजक गतिविधीहरु र सामाजिक संजालहरु मार्फत विभिन्न बैंक तथा वित्तीय संस्थाहरु बिरुद्ध सर्वसाधारणलाई भ्रमित पार्ने कार्यहरु र गलत अभिव्यक्तिहरु आइरहेको प्रति ध्यानाकर्षण भएको जनाएको हो ।

बिज्ञप्तिमा संघले बैंक तथा बित्तिय संस्थाहरु सरकारको आधिकारिक निकाय नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरु तथा दिशानिर्देशहरूको परिपालना गर्दै कार्य गर्दै आइरहेका संस्थाहरु भएको हुनाले गलत तथा भ्रामक टिप्पणीहरुमा कुनै ध्यान नदिनु हुन र सम्बन्धित सरोकार निकायहरुले सम्प्रेषण गरेको सूचना तथा समाचारहरुलाई मात्र आधिकारिक रुपमा लिनुहुन आम सर्बसाधारण लाई अनुरोध गरेको छ ।

यसको साथै, आम सर्वसाधारणहरुलाई भ्रमित पार्ने, गलत सूचना र आपत्तीजनक अभिव्यक्ति दिने र सर्वसाधारणहरुलाई बैंकिङ्ग सेवा प्रयोग गर्ने मौलिक अधिकारबाट वञ्चित गराउन उत्प्रेरणा दिनेलाई कानूनको दायरामा ल्याई आवश्यक कारवाही गर्न समेत सरकारी निकायहरुलाई ध्यानाकर्षण गराएको छ ।

नेपाल मुद्रा बिप्रेषक संघ नेपाल राष्ट्र बैंक द्वारा स्वीकृति प्राप्त रेमिट्यान्स कम्पनी र वित्तीय संस्थाहरूको प्रतिनिधित्व गर्ने छाता संगठन हो । २०६१ सालमा स्थापित यस संघले रेमिट्यान्स उद्योगको लागि एकीकृत आवाजको रूपमा काम गर्दछ। दीर्घकालीन आर्थिक वृद्धि, गरिबी निवारण, समावेशी नीति, प्रविधि, र वित्तीय पहुँच बढाउने सहकार्यको वकालत गर्दछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima