Skip to content

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको साधारण शेयर बाँडफाँड

nabil bank

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि जारी गरेको २ लाख २५ हजार कित्ता सेयर २०८१ माघ २९ गते बाँडफाँड गरेको हो ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको आफ्नो जारी पुँजी ७५ करोडको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रकम बराबरको प्रतिसेयर अंकित मूल्य १०० दरका कूल २२ लाख ५० हजार कित्ता साधारण सेयर मध्ये १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि मिति फागनु ८ गते देखि फागनु २२ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।

उक्त अवधिभर प्राप्त हुन आएको रितपूर्वक ४५ हजार ९०६ आवेदनहरु मध्ये जम्मा २२ हजार ५०० जना आवेदकहरुलाई ‘धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४’ मा भएको व्यवस्थाको अधिनमा रहि माघ २९ गते निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडको परिसरमा बाँडफाँड गरिएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi