Skip to content

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले साढे ८ लाख कित्ता संस्थापक सेयर बेच्दै

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) ले संस्थापक समूहको ८ लाख ५० हजार कित्ता सेयर आज बिहीबारदेखि बिक्रीमा राखेको छ। यसमा आजदेखि नै आवेदन दिन सकिनेछ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १११ रुपैयाँ तोकिएको छ। सेयर किन्न आवेदन दिँदा कम्तीमा १ लाख २५ हजार र बढीमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

इच्छुक संस्थापक सेयरधनीले आफूले किन्न चाहेको सेयर संख्या र सोको मूल्य समेत तोकेर फागुन ९ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेस गरिसक्नु पर्ने छ। बोलपत्र फाराम काठमाडौंको नक्सालस्थित बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिट लिमिटेडको कार्यालयमा पाइनेछ र सोही स्थानमा बुझाउनु पर्ने छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima