Skip to content

प्रिओपन सेसनमा ३ अंकभन्दा बढी बढ्यो नेप्से

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार प्रिओपन सेसनमा नेप्से परिसूचक ३.२२ अंकले बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार १९.५६ अंक बढेर २६९८.०३ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ३.२२ अंक बढेर २७०१.२६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.१२ अंक बढेको छ।

सोमबार प्रिओपन सेसनमा ७५ स्टकको १७६ पटकको कारोबारमा ८९ लाख २५ हजार ८७२ रुपैयाँ २० पैसाबराबरको १२ हजार ५२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४१ स्टकको मूल्य बढेको छ भने २७ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima