Skip to content

नेरुडे मिर्मिरे लघुवित्तबाट ११ जना संस्थापक बाहिरिँदै

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ११ जना संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको ३ लाख ६१ हजार २१६ कित्ता सेयर बिक्रीमा राखेको छ। हाल यी सेयर कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्र किन्न पाउनेछन्।

सो सेयर किन्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र काभ्रेपलाञ्चोकस्थित कम्पनीको केन्द्रीय कार्यालयमा लिखित जानकारी गराउनु पर्ने छ।

साथै तोकिएको समयसीमा भित्र संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि आवेदन नपरेमा सो सेयर सर्वसाधारणलाई बिक्री खुला गरिने जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T