Skip to content

नेपाल लाइफद्वारा ‘छुट्ला है छुट’ योजना सार्वजनिक, विलम्ब शुल्कमा ५० प्रतिशत छुट

काठमाडौं। नेपालको सर्वाधिक विश्वासिलो जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले ‘छुट्ला है, छुट’ योजना सार्वजनिक गरेको छ।

उक्त योजनाअन्तर्गत कम्पनीका बिमितले भुक्तानी गर्नुपर्ने नवीकरण बीमाशुल्क भुक्तानी नगरी १ सय ८० दिनभन्दा माथि व्यतीत भएका बिमालेखमा २०८१ फागुन १५ देखि २०८२ जेठ १३ सम्म नवीकरण बिमाशुल्क भुक्तानी गरी सुचारु गरे बिमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ।

प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कम्पनीले २५औं वर्ष प्रवेश अवसरमा यो योजना सार्वजनिक गरेको बताए। उनले बिमित हितलाई लक्षित गर्दै विशेष योजना एकपटकका लागि सार्वजनिक गरिएको र व्यतीत बिमालेख समयमै नवीकरण बिमाशुल्क भुक्तानी गरी बिमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुटको लाभ उठाउन आग्रह गरे।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T