Skip to content

प्रिओपन सेसनमा नेप्से करिब २१ अंक बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार प्रिओपन सेसनमा नेप्से परिसूचक करिब २१ अंकले बढेर बन्द भएको छ।

मंगलबार ७.१३ अंक बढेर २७६५.८८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २०.७६ अंक बढेर २७८६.६५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ४.५४ अंक बढेको छ।

बिहीबार प्रिओपन सेसनमा १०१ स्टकको २९७ पटकको कारोबारमा १ करोड ८२ लाख २५ हजार ९३७ रुपैयाँ ७० पैसाबराबरको ४४ हजार ६७२ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये ७२ स्टकको मूल्य बढेको छ भने १९ स्टकको मूल्य घटेको छ। बाँकी १० स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima