Skip to content

एक घण्टामा सेयर बजारमा साढे ४ अर्बको कारोबार, नेप्से परिसूचक २९०० विन्दु माथि

nabil bank

काठमाडौं । सोमबरको सेयर कारोबार जारी रहँदा पहिलो एक घण्टाको अवधिमा सेयर बजारमा साढे ४ अर्ब माथिको कारोबार भएको छ । आजको कारोबार जारी रहँदा सेयर बजारमा ४ अर्ब ५३ करोड ७९ लाख १ हजार ८९० रुपैयाँ बराबरको कारोबार भएको हो ।

यो समाचार तयारपार्दासम्म सेयर बजार परिसूचक पनि २९०० विन्दु माथि पुगेको छ । १२ बजेसम्मको करोबार अवधिमा नेप्से परिसूचक ११ अंकले बढेर २९०१ दशमलव २९ विन्दुमा पुगेको हो । आजको कारोबार खुलेको ४ मिनेटको समयमा नेप्से परिसूचक २९२९ विन्दुमा पुगेको थियो ।

यो अवधिमा सेयर बजारमा ११२ कम्पनीको सेयर मूल्य बढेको छ भने १२६ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । एक कम्पनीमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीमा नकारात्मक सर्किट लागेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi