Skip to content

सेयर बजार घटेको दिन एक कम्पनीमा नकारात्मक सर्किट, यी हुन धेरै घट्ने पाँच कम्पनी

nabil bank

काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले घटेर बन्द हुँदा एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ । १८७ कम्पनीको सेयर मूल्य घटेको दिन समाज लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर कारोबार बन्द भएको हो ।

यो कम्पनीको सेयर मूल्य ३१८ रुपैयाँ ५० पैसाले घटेर २ हजार ८६६ रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । त्यस्तै आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा उपकार लघुवित्त, बाराही हाइड्रोपावर पब्लिक लिमिटेड, सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्था र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी रहेका छन् । आज उपकार लघु वित्तको सेयर मूल्य ३६० रुपैयाँले घटेर ४ हजार ६३८ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.२४ प्रतिशतले कम हो ।

त्यस्तै आज बाराही हाइड्रोपावरको सेयर मूल्य पनि ६.७७ प्रतिशत अर्थात् ७२ रुपैयाँले घटेर ९९१ रुपैयाँ पुगको छ । त्यस्तै सपोर्ट मइक्रो फाइनान्सको सेयर मूल्य पनि आज २१० रुपैयाँले घटेर २ हजार ९७० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ६.६० प्रतिशतले कम हो । भूगोल इनर्जीको सेयर मूल्य आज ६.४२ प्रतिशत अर्थात् ४९ रुपैयाँले घटेर ७१४ रुपैयाँ पुगेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi