Skip to content

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाँडे

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्ष पदमा पुनः पृथ्वीबहादुर पाँडे चयन भएका छन्। नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको मंगलबार बसेको सञ्चालक समितिको ६१७ औं बैठकको निर्णयले पृथ्वीबहादुर पाँडेलाई सर्वसम्मत रूपमा सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको हो ।

फागुन १५ गते सम्पन्न बैंकको ३८ औं वार्षिक साधारणसभापश्चात भएको निर्वाचनमा संस्थापक समूह तर्फबाट पृथ्वीबहादुर पाँडेसहित प्रजन्य राजभण्डारी, मदनकुमार आचार्य र दिपंकर शाक्य उदय निर्विरोध निर्वाचित भएका थिए ।

सर्वसाधारण सेयरधनी समूहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदको निर्वाचनमा कविकुमार टिबरेवाला र शालिक राम बेल्बासे निर्वाचित भएका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima