Skip to content

गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

nabil
global ime

काठमाडौं । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गर्न सरकारले अर्थ मन्त्रालयलाई स्वीकृति दिएको छ । बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयलाई सिफारिस समिति गठन गर्न स्वीकृति दिएको हो।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आगामी चैत २४ गते पूरा हुँदैछ। उनलाई २०७६ चैत २४ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पाँच वर्षका लागि गभर्नरमा नियुक्त गरिएको थियो।

नयाँ गभर्नर नियुक्तिका लागि गठिन सिफारिस समिति अर्थमन्त्रीको संयोजकत्वमा रहनेछ। समितिले तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्ने छ, जसबाट मन्त्रिपरिषद्ले एक जनालाई गभर्नर नियुक्त गर्ने व्यवस्था छ।

 

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T