Skip to content

बाढीपहिरोको क्षतिको बीमा कम्पनीहरुले गरे ३ अर्ब दाबी भुक्तानी, कुन कम्पनीले कति भुक्तानी दिए ?

काठमाडौं । गत असोज महिनामा परेको अविरल बर्षाका कारण आएको बाढी पहिरोको कारण भएको क्षतिमा परेको दावीमा निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब भन्दा बढीको दाबी भुक्तानी गरेका छन् । निर्जीवन बीमा कम्पनीहरुले उक्त बाढी पहिरोबाट भएको क्षतिको ३ अर्ब ५ करोड ६० लाख भुक्तानी दिएका हुन् । यो फागुन २१ गतेसम्मको तथ्यांक हो ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार यो अवधिमा निर्जीवन बीमा कम्पनीहरुले २ हजार ४७८ वटा दावीको भुक्तानी गरेका छन् । बाढी पहिरोबाट भएको क्षतिको कम्पनीहरुमा ३ हजार ७२८ वटा दाबीबाट १२ अर्ब ६४ करोड ३२ लाख रुपैयाँ बराबरको दावी परेको छ । हालसम्म सबै भन्दा धेरै दाबी भुक्तानी गर्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । यो कम्पनीले हालसम्म ५८ करोड २७ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले यस अवधिमा कुल १७३ वटा दावी भुक्तानी गरेको प्राधिकरणको तथ्यांकले देखाएको छ । त्यस्तै शिखर इन्स्योरेन्सले ९३ वटा दावी बापत ४७ करोड ७३ लाख रुपैयाँको दावी भुक्तानी गरेको छ । त्यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १७० वटा दावी वापत ३९ करोड ५५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

त्यस्तै द ओरियन्टल इन्स्योरेन्सले २० वटा दावी वापत ११ करोड २० लाख रुपैयाँ, हिमालयन एभरेष्टले १०२ वटा दावी वापत २५ करोड १६ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ९१ वटा दावी वापत १४ करोड ६३ लाख रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्सले १०५ वटा दावी वापत १८ करोड ३८ लाख रुपैयाँ र नेको इन्स्योरेन्सले ८६ वटा दावी वापत २३ करोड ६५ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ ।

यसैगरी, आईजीआई प्रडेन्सियल इन्स्योरेन्सले ७० उवटा दावी वापत २६ करोड १६ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले १७५ वटा दावी वापत २५ करोड ७८ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले पाँच करोड ८९ लाख रुपैयाँ र नेशनल इन्स्योेरेन्सले चार करोड ६६ लाख रुपैयाँको दावी भुक्तानी वितरण गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi