Skip to content

एक दशकपछि बैंकिङमा फर्किए बीएन घर्ती, बेष्ट फाइनान्सको सीईओमा नियुक्त

काठमाडौं । एक दशकपछि बीएन घर्ती बैंकिङ क्षेत्रमा फर्किएका छन् ।

गैरआवासीय नेपाली(एनआरएन)हरुको लगानी रहेको बेष्ट फाइनान्सले घर्तीलाई प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा नियुक्त गरेको हो ।बेष्ट फाइनान्समा गैरआवासीय नेपाली कतारका आरके शर्मा,जापानका रोविन्द श्रेष्ठ गोविन्द सहित नेपाली व्यवसायीहरुको लगानी रहेको छ ।

बेष्ट फाइनान्सको सञ्चालक समितिको बैठकले चार वर्षको लागि सीईओमा नियुक्ति दिएको हो ।

११ वर्ष अगाडि घर्ती तत्कालिन किष्ट बैंकमा कामू सीईओको भूमिका थिए ।

घर्ती पछिल्लो समय बैंकिङ परामर्शको क्षेत्रमा सक्रिय थिए । घर्तीले लेखेको ‘बैंकिङ अनुशासन’ पुस्तकले यो वर्षको सामना बैंकिङ पुरस्कार पाएका थिए ।

पुस्तकमा विकास बैंक र फाइनान्स कम्पनी चलाउनुपर्ने भएपनि अहिलेको अवस्थामा चलाउन नसकिने निष्कर्ष निकालेका घर्तीलाई समस्याग्रस्तबाट माथि उठेको बेष्ट फाइनान्स चलाउने जिम्मा आएको हो ।

घर्ती राष्ट्रिय स्तरका फाइनान्स क्षेत्रिय स्तरका विकास बैंकलाई गाभेर राष्ट्रिय स्तरको विकास बैंक बनाउने लक्ष्यका साथ बेष्टमा सीईओको रुपमा गएका हुन्।

घर्तीको परामर्शमा नै समस्याग्रस्त घोषणा भएको बेष्ट फाइनान्स त्यसबाट हटेको थियो । उनले नेपाल फाइनान्स र सम्बृद्धि फाइनान्सलाई समेत समस्याग्रस्तबाट हटाउन परामर्शदाताको रुपमा काम गरेका थिए । व्यवस्थापनमा एमबीए गरेका घर्ती पछिल्लो समय पीएचडी समेत गर्दै छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi