Skip to content

स्ववियु निर्वाचनको लागि नेबिसंघ केन्द्रले विस्तार गर्‍यो विश्वविद्याय समन्वय समिति

nabil bank

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनाका लागि नेपाल विद्यार्थी संघले विश्वविद्यायल समन्वय समिति विस्तार गरेको छ । शरण कुमार बस्नेत संयोजक रहेको विश्वविद्यालय समन्वय समिति विस्तार गरिएको हो ।

विस्तारीत समितिमा केन्द्रीय सदस्य, जिल्ला उपसभापति, जिल्ला सचिव, इकाई अध्यक्ष, स्ववियु सभापति, जिल्ला उपाध्यक्ष, पूर्व पदाधिकारी, पूर्व इकाई पदाधिकारी, विद्यार्थी नेता रहेका छन् भने सदस्य सचिव अग्नी शर्मा मनोनित भएका छन् ।

विस्तारित समन्वय समितिमा केन्द्रीय सदस्यहरु चितवका साझना पौडेल, पर्साका विकास पटेल, कञ्चनपुरका खेमराज जोशी र इलामका अनिल नेपाल रहेका छन् । त्यस्तै जिल्ला उपसभापतिहरुमा बैतडीका अमर बहादुर टेर, धनुषाका मनोज कुमार यादव र कञ्चनपुरका किरण चन्द्र मनोनयन भउका छन् । त्यस्तै जिल्ला सचिवहरुमा सोलुखुम्बुका मोहन कृष्ण निरौला, मोरङका डुड्डु शाह र काठमाडौंका विवेक महर्जन मनोनयन भएका छन् ।

त्यस्तै इकाइ अध्यक्षहरुमा सिन्धुपाल्चोकका सरोज बस्नेत, स्ववियु सभपतिमा पाल्पाका ल्याकत अली, जिल्ला उपाध्यक्ष सुर्खेतका रमेश प्रसाद खनाल, पूर्व उपाध्यक्ष रुपेन्देहीका संजय चौधरी, चितवन जिल्लाका पूर्व सचिव अमृत मिश्र, पूर्व सहसतिव भक्तपुरका अधिवक्ता पुस्कर घिमिरे, पूर्व जिल्ला सहसचिव डोल्पाका रेखमान बढुा, सिन्धुपाल्चोकका पूर्व इकाइ कोषाध्यक्ष हरि चन्द्र सुन्दास रहेका छन् । त्यस्तै अछामका नेविसंघका नेता सागर साउद, नवलपुरका स्ववियु सदस्य व्रिन्दा पौडेल, बाँकेका नेविसंघका नेता सन्तोष रावल, बर्दिया जिल्लाका सहसचिव सुवाष परियार, कास्कीका नेविसंघ नेता मनिष बराल र बर्दियाका पूर्व एकाइ उपाध्यक्ष हिमेन्द्र नाथ शर्मा रहेका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi