Skip to content

एनएमबि बैंकको ८६ हजार कित्ता सेयर बिक्रीमा

nabil bank

काठमाडौं । एनएमबि बैंकले बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउने गरी ८६ हजार ७ सय ११ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

उक्त सेयर किन्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौंको बबरमहलस्थित बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ। सेयर खरिदकर्ता र बिक्रेताको आपसी समझदारीमा खरिदबिक्री गरिने छ।

साथै, तोकिएको समयसीमा भित्र संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नपरेमा सो सेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकले जानकारी दिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi