Skip to content

नेपाल राष्ट्र बैंकले नोट छाप्न ६ कम्पनीको छनोट, दुई वर्षसम्म हरेक पटक प्रतिस्पर्धा हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चलनचल्तीका नोट छाप्न पहिलो चरणमा ६ कम्पनी छनोट गरेको छ। पहिलो चरणमा छनोट हुनेमा चीनको चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन, बेलायतको डि ला रुउ इन्टरनेसनल, जर्मनको गिसिक डेभ्रियन्ट करेन्सी टेक्नोलोजी, रसियाको जोइन्ट स्टक कम्पनी, फ्रान्सको अबरथर फिड्युसेरी एसएएस र पोल्याण्डको पोलिस सेक्युरिटिज प्रिन्टिङ छानिएका हुन्।

छनोट भएका यी सबै कम्पनीले आगामी दुई वर्षसम्म हरेक पटकको छपाइको बोलकबोल प्रक्रिया (टेन्डर) मा प्रतिस्पर्धा गर्न सक्ने छन्। ‘दुई/दुई वर्षमा नोट छाप्ने नयाँ चक्र सुरु हुन्छ,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘अबको चक्रका लागि छानिएका यी कम्पनीहरूले नै प्रतिस्पर्धा गर्न सक्छन् ।’

यो अवधिमा जुन–जुन नोट छाप्न पर्ने हुन्छ, त्यसका लागि राष्ट्र बैंकले टेन्डर आह्वान गर्छ। यो प्रक्रियामा यी ६ वटै कम्पनीले भाग लिन पाउँछन् भने सबैभन्दा कम रकममा छाप्न तयार हुनेले टेन्डर प्राप्त गर्छ।

अहिले बजारमा ६ खर्ब ४० अर्ब बराबरका नोट चलनचल्तीमा छन्। एक हजारको नोट नै ४ खर्ब ५३ अर्ब रुपैयाँ बराबरका छन् । १ खर्ब २७ अर्ब रूपैयाँ बराबरका ५ सयका नोट छन्। ८ करोड ११ लाख रुपैयाँ बराबरका २ सय ५० दरका नोट र ३० अर्ब रुपैयाँ बराबरका १ सय दरका नोट छन् ।

त्यस्तै, १३ अर्ब ६ करोड रुपैयाँ बराबरका ५० दरका नोट, पाँच करोड २९ लाख रुपैयाँ बराबरका २५ दरका नोट, ७ अर्ब ४४ करोड बराबरका २० दरका नोट छन्।५ अर्ब ५९ करोड रुपैयाँ बराबरका १० दरका नोट र ३ अर्ब ७९ करोड रुपैयाँ बराबरका ५,२, १ दरका नोट चलनचल्तीमा छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima