Skip to content

सिन्धु विकास बैंकको वार्षिक साधारणसभा स्थगित

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको वार्षिक साधारणसभा स्थगित भएको छ । आजका लागि बोलाइएको बैंकको १४औं र १५औं वार्षिक साधारण सभा कोरम संख्या नपुगेपछि स्थगित भएको हो ।

धुलिखेलको मिराबल रिसोर्टमा बिहान ११ बजेका लागि बोलाइएको सभा आवश्यक उपस्थिति नपुगेपछि स्थगित गर्नुपरेको बैंकले जनाएको छ । सभामा हाल कायम चुक्ता पुँजीको २ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रियालाई अघि बढाउने तथा प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्तावहरू पेश गरिने तयारी थियो । तर, सेयरधनीहरूको न्यून सहभागिताका कारण सभा सञ्चालन सम्भव नभएपछि अर्को मिति तय गर्ने निर्णय गरिएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima