Skip to content

ट्रम्पका कारण बढ्दै व्यापार युद्ध, चीन, क्यानडा र मेक्सिकोपछि अब युरोपसँग

nabil bank
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मदिरामा २०० प्रतिशत ट्यारिफ लगाउने चेतावनी दिएका छन् । ट्रम्पको उक्त निर्र्णय अमेरिकी ट्यारिफको विरोधमा युरोपेली संघले स्टील र एल्युमिनियममा लगाएको करको जवाफमा आएको हो । यसले व्यापार युद्धको अवस्था अझ खराब हुने अनुमान गरिएको छ ।
ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै अमेरिकी मदिरामा लगाएको ५० प्रतिशत ट्यारिफ फिर्ता नगरेमा फ्रान्स तथा अन्य यूरोपेली मुलुकबाट आयात हुने सबै वाइन, स्याम्पेन तथा अन्य मदिराजन्य उत्पादनमा २०० प्रतिशत ट्यारिफ लगाउने बताए ।
ट्रम्पले स्टील र एल्युमिनियममा २५ प्रतिशत ट्यारिफ लगाएको घोषणा गरेपछि बुधबार मध्यरातदेखि नयाँ ट्यारिफ लागू भएको थियो । यसको जवाफमा इयूले अमेरिकी उत्पादनहरूमा २६ अर्ब युरो बराबरको ट्यारिफ लगाउने घोषणा ग¥यो ।
इयूका अनुसार, यी प्रतिशोधात्मक कदमहरू छिटो र सन्तुलित छन् । ट्यारिफअन्तर्गत अमेरिकी डुङ्गा, बोरबन र मोटरसाइकलहरू समेटिएका छन् । यी उपायहरू अप्रिलदेखि लागू हुने बताइएको छ।
बिहीबार व्यापार युद्धको असर सेयर बजारमा पनि देखियो । एस एण्ड पी ५०० सूचकांक १० प्रतिशतले घट्यो । जुन तीन साताअघि मात्रै उच्च विन्दुमा थियो । अमेरिकी मदिरा उद्योगका प्रतिनिधिका अनुसार नयाँ ट्यारिफले उनीहरूलाई ठूलो आर्थिक क्षति पु¥याउनेछ । यदि व्यापार युद्ध अझ गहिरो भयो भने, अमेरिकी मदिरा उत्पादकहरूलाई थप कष्ट सहनुपर्नेछ ।
फ्रान्स अमेरिकामा सबैभन्दा ठूलो वाइन निर्यातकर्ता हो । अमेरिकी वाणिज्य विभागका अनुसार, सन् २०२३ मा फ्रान्सले अमेरिकामा २.५ अर्बको वाइन पठाएको थियो । इटाली दोस्रो स्थानमा छ, जसले २.३ अर्बको वाइन अमेरिका पठाएको थियो । फ्रान्सका व्यापार मन्त्री लरेन्ट सेन्ट–मार्टिनले बिहीबार ट्रम्पले आफैंले सुरु गरेको व्यापार युद्धलाई उग्र बनाउँदै गरेको बताए ।
इयूका आयोगका प्रवक्ता ओलफ गिलले अमेरिकी प्रशासनलाई बुधबार लागू गरिएका स्टील र एल्युमिनियम ट्यारिफहरू तुरुन्त हटाउन आग्रह गरे ।  “हामी वार्ता गर्न चाहन्छौं, भविष्यमा ट्यारिफ हटाउन चाहन्छौं”, उनले भने, “ट्यारिफले दुवै पक्षलाई हानि पु¥याउँछ ।”
अमेरिकी बजारमा मदिराको अभाव
इयूबाट अमेरिका निर्यात हुने मदिराजन्य उत्पादनहरूमा ट्रम्पले २०० प्रतिशतले ट्यारिफ लगाउने घोषणा गरेपछि फ्रान्सेली वाइनको अमेरिकी बजारमा अभाव हुन सक्ने विज्ञहरूको चेतावनी छ । अमेरिकी अर्थशास्त्री जस्टिन वोल्फर्सका अनुसार यदि २०० प्रतिशत ट्यारिफ लाग्यो भने स्थानीय मदिरा पसलमा फ्रान्सेली वाइन पाइने छैन ।
फ्रान्सको शैम्पेन उद्योगले अमेरिका निर्यातमा ठूलो भर पर्छ । सन् २०२३ मा फ्रान्सले अमेरिकामा २.७ करोड बोतल शैम्पेन निर्यात गरेको थियो । ट्रम्पले बुधबार ह्वाइट हाउसमा आयरिस प्रधानमन्त्री (त्बयष्कभबअज) माइकल मार्टिनसँग भेटमा इयूको कारबाहीको जवाफ दिने संकेत दिएका थिए ।
उनले जवाफ दिने बताएका थिए । बिहीबार उनले इयूलाई विश्वकै सबैभन्दा शत्रुतापूर्ण कर तथा ट्यारिफ लगाउने निकाय भनेर उल्लेख गरेका थिए ।  ट्रम्पले अमेरिकी बोरबनमा लगाइएको ५० प्रतिशत ट्यारिफलाई क्रुर समेत भनेका छन् । तर व्यापार युद्धमा एकपक्षीय जवाफी कारबाहीले अर्को पक्षबाट झन् कडा कारबाही निम्त्याउन सक्छ । ट्रम्पले आगामी अप्रिल २ मा थप प्रतिशोधात्मक ट्यारिफ लगाउने धम्की दिएका छन् ।
यसैबीच, क्यानडाले अमेरिकी स्टील र एल्युमिनियम ट्यारिफबारे विश्व व्यापार संगठन मा उजुरी दर्ता गरेको छ । क्यानडाले अमेरिकी नीतिले अन्तर्राष्ट्रिय व्यापार नियम उल्लङ्घन गरेको दाबी गरेको छ । अमेरिकी मदिरा उद्योगका प्रतिनिधिहरूले बिहीबार अमेरिका–युरोपबीचको व्यापार तनाव कम गर्न आग्रह गरेका छन् । क्यानडाले हालै अमेरिकी बोरबनमा ट्यारिफ लगाएको छ । केही क्यानडेली खुद्रा विक्रेताहरूले अमेरिकन मदिरा बिक्री नगर्ने निर्णय समेत गरेका छन् ।
इटालीको इटालीका वाइन उत्पादकहरूको संगठनका अनुसार, ट्रम्पको ट्यारिफले इटालीलाई १ अर्ब युरोको घाटा पु¥याउनेछ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi