Skip to content

ङादी ग्रुपको लिलामी सेयरमा परेको बोलपत्र सोमबार खोलिने

काठमाडौं । ङादी ग्रुप पावर कम्पनी लिमिटेडले ८ लाख ७३ हजार ६१.२२५ कित्ता सेयर खरिदका लागि परेका बोलपत्रहरू भोलि सोमबार खोल्ने भएको छ।

उक्त कम्पनीले गत फागुन २० देखि २८ गतेसम्म आवेदन माग गरेकोमा सो अवधिमा परेका गोप्य शिलबन्दी बोलपत्रहरू भोलि ४ गते सोमबार बिहान ७ बजे खोल्न लागेको कम्पनीले जानकारी दिएको हो।

सो गोप्य शिलबन्दी बोलपत्रहरू बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौंमा खोलिने कम्पनीले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi