Skip to content

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज ४० अर्ब तान्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज  आइतबार बैंकिङ प्रणालीमा तरलता अधिक भएपछि आइतबार ४० अर्ब रुपैयाँ तान्ने भएको छ।

२१ दिने निक्षेप संकलन उपकरणको साँवा ब्याज भुक्तानी चैत २४ गते गरिने बैंकले जनाएको छ। बैंकले निक्षेप संकलन उपकरणमार्फत पैसा तान्न लागेको हो भने यसका लागि दिउँसो ३ बजे बोलकबोल हुनेछ।

निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोडले निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि बोलकबोल गर्न सक्ने छन्।

यसमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन्। २१ दिने निक्षेप संकलन उपकरणको साँवा ब्याज भुक्तानी चैत २४ गते गरिने बैंकले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima