Skip to content

सिटिजन्स बैंकको नयाँ अफर सार्वजनिक

nabil
global ime

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले फोन पे र एफवान सफ्टसँगको सहकार्यमा ‘टपअप र फोन पे डाइरेक्ट गरौं’ बम्पर उपहार जितौँ’ भन्ने नयाँ अभियान सार्वजनिक गरेको छ।

यस अभियान अन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउनुका साथै बम्पर उपहार आइफोन १६ प्राप्त गर्न सक्नेछन्। यस अभियानको मुख्य उद्देश्य डिजिटल कारोबारलाई प्रवर्द्धन गर्दै बैंकको मोबाइल बैंकिङ सेवाको प्रयोग बढाउने हो।

बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्दै ग्राहकहरूलाई सजिलो, सुरक्षित र आधुनिक बैंकिङ सेवाको अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

यस अभियानमा सहभागी हुन ग्राहकहरूले सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपमार्फत कम्तीमा १०० रूपैयाँको मोबाइल टपअप र कम्तीमा पाँच सयको फोन पे डाइरेक्ट कारोबार गर्नुपर्नेछ।

यी कारोबार पूरा गर्ने ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहारका लागि योग्य बन्ने बैंकको भनाइ छ। यस अभियानअन्तर्गत हरेक हप्ता १०० जना भाग्यशाली विजेताले १०० रुपैयाँको मोबाइल टपअप प्राप्त गर्नेछन्।

त्यसैगरी अभियानको अन्त्यमा एक भाग्यशाली ग्राहकलाई आइफोन १६ प्रदान गरिनेछ। यो अभियान चैत १ गतेदेखि चैत ३१ गतेसम्म सञ्चालन हुनेछ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १ सय ९९ वटा शाखा, १ सय ६६ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग एकाइहरुबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T