Skip to content

प्रि ओपन सेसनमा १७ अंक बढ्यो नेप्से

काठमाडौं । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १७ अंक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार १० दशमलव १४ अंक घटेर २७०४ दशमलव ७० विन्दुमा बन्द भएको नेप्से आजको प्रिहोपन सेसनमा १७ दशमलव ११ अंक बढेर २७२१ दशमलव ८१ विन्दुमा पुगेको हो ।

त्यस्तै आजको उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स भने ४ दशमलव ०४ अंक बढेको छ । मंगलबारको प्रि ओपन सेसनमा ३८ कम्पनीको सेयर मूल्य बढेको छ भने २० कम्पनीको घटेको छ । त्यस्तै ३ कम्पनीको सेयर मूल्य यो सेसनमा स्थिर रहेको छ ।

आजको प्रि ओपन सेसनमा ६१ कम्पनीका ९ हजार ७४२ कित्ता सेयर ८९ पटक खरिद बिक्री हुँदा ५३ लाख ५ हजार ३९३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi